नेपाल बन्दको पूर्वसन्ध्यामा काभ्रेमा ६ दलीय गठबन्धनको मसाल जुसुल

admin

काभ्रे, ३ फागुन :  काभ्रेको बनेपामा ६ दलीय गठबन्धनले एमसीसीको वि रो ध गर्दै मसाल जुसुल निकालेका छन् ।

भोलि एमसीसी खारेजीको माग गर्दै आब्हावन गरिएको नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस निकालिएको हो । ६ दलीय गठबन्धनले भोली नेपाल बन्दको आब्हान गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले बनेपामा मसाल जुलुस गरेका हुन् ।

भोली एमसीसी संसदमा टेबल हुने भएपछि बन्दको आब्हान गरिएको हो । बन्द ब्यापक रुपमा सफल पारिने ती दलहरुले बताएका छन् । प्र हरीले मसाल खोसेर नेता कार्यकर्ता गि रफ्ता रको प्रयास गरेको थियो ।

प्रतिक्रिया