एमसीसीको स्वागतमा काठमाडौंमै निकालियो मोटरसाइकल र्‍याली

admin

काठमाडौं, ४ फागुन : अमेरिकी सहायता परियोजना (एमसीसी) वि रु द्ध देशभर आन्दोलन भइरहँदा बुधबार काठमाडौंमा समर्थकहरुले मोटरसाइकल र्‍याली निकालेका छन्।


स्वतन्त्र नागरिक समाजको आयोजनामा बुधवार अनामनगरबाट शुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलसहितका स्थान परिक्रमा गर्‍यो। र्‍यालीका सहभागीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको बताएका थिए।

उनीहरुले विकासमा राजनीति नगर्न माग ‘वेलकम एमसीसी’ लेखिएको ब्यानर पनि प्रदर्शन गरे। सरकारले बुधबारको संसदमा एमसीसी पेस गर्ने खबर आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका नेता-कार्यकर्ताले आन्दोलन चर्काएका थिए।

संसदमा एमसीसी टेबल गर्ने सरकारको तयारी थाहा पाएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ दलले नेपाल बन्द आह्वान गरेका थिए।

प्रतिक्रिया