नयाँ शैक्षिक सत्र जेठ १ देखि

admin

काठमाडौं, ४ फागुन : सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

उनका अनुसार चैतसम्म बाँकी रहेको कोर्स पढाउने र परीक्षा वैशाखमा लिई वैशाख महिनामै नतिजा प्रकाशन गर्नुपर्ने छ। ‘नतिजा प्रकाशनसँगै नयाँ भर्ना भने वैशाखमै गर्नुपर्ने छ,पठनपाठन भने जेठ १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएको छ’, उनले भने।

सरकारले यसअघि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना बनाएको थियो तर सरोकारवालाहरूले कोभिड-१९ का कारण समयमा कोर्स नसकिने भएकाले जेठबाट नयाँ शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिँदै आएका थिए।

प्रतिक्रिया