‘म यस्तो गीत गाउँछु २’ टिमले उद्घाटन गरे व्यवसायी टिभी स्क्रिन

admin

काठमाडौं : नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु-२’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी प्रचारमा व्यस्त छन् ।

फिल्म प्रचारकै क्रममा कमलपोखरीको सिटी सेन्टरस्थित बिग मूभिजमा पुगेका यो टिमले व्यवसायी टिभी स्क्रिनको उद्घाटनसमेत गर्न भ्याएका छन् ।

भ्यालेन्टाइन डेमा बिग मूभिज पुगेका फिल्मकी अभिनेत्री पूजा, अभिनेता पल शाह र निर्देशक सुदर्शन थापाले टिभी स्क्रिनको उद्घाटन गरेका हुन् । १८-२१ को फिटको उक्त व्यवसायी टिभी स्क्रिन नेपालकै पहिलो हो ।

अक्सर निर्माण युनिट फिल्म रिलिज भएपछि हलमा पुग्ने गर्दछन् । तर, यो युनिट भने प्रदर्शन अगाडि नै हल हलमा पुग्न थालेका छन् । दर्शकसँग प्रत्यक्ष साक्षात्कार र फिल्मको प्रचारका लागि आफूहरु हल हलमा पुगिरहेको निर्देशक सुदर्शन थापाले बताए ।

प्रतिक्रिया