गठबन्धन कसरी बचाउने भनेर प्रयासरत छौं : अध्यक्ष दाहाल

admin

काठमाडौं, ५ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग भएको छलफलपछि प्रचण्डले सत्ता गठबन्धन बचाउने प्रयासका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाले एमसीसीलाई कसरी निकास दिने भन्नेमा नै आफुहरुको छलफल केन्द्रीत रहेको उल्लेख गर्नुभयो ।

उहाले गठबन्धनको छलफलबाटै सबै बिषयको निकास आउने दावी गर्नुभयो । बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया दिनुभएन ।

प्रतिक्रिया