पूर्वमन्त्री गोकुल बाँस्कोटाले दिए प्रचण्डलाई हत्याराको संज्ञा

admin

काभ्रे, ५ फागुन : पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हत्याराको संज्ञा दिएका छन् ।

आज काभ्रेमा धुलिखेल नगरपालिकाको ३६ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य समेत रहेका बाँस्कोटाले प्रचण्ड प्रति उत्तेजक अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डले १७ हजार मानिस मारेको भन्दै बाँस्कोटाले ह’त्याराको संज्ञा दिएका हुन् । उनले ओली सरकारबाट हटेपछि प्रचण्डले एमसीसी पास गर्ने बाचा गरेको आरोप समेत लगाएका छन् ।

बाँस्कोटाले प्रचण्डलाई इतिहासको जोकर भन्दै माओवादीले नाटक मञ्चन गरिरहेको बताए । सरकारमा पनि बस्ने एमसीसीको पनि विरोध गर्ने ? अमेरिकालाई एमसीसी ठीक छ भनेर पत्र पनि पठाउने ।

अहिले सडकमा कार्यकर्ता उतार्ने ? बाँस्कोटाले बाँस्कोटाले भने । ओवादीबाट राष्ट्रियताको रक्षा हुन नस्क्ने भन्दै अब राष्ट्रियताको रक्षा गर्न पनि एमालेको विजयी आवश्यक रहेको बताए ।

प्रतिक्रिया