प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशातर्फ लगेको नेता बस्नेतको आरोप

admin

काठमाडौं, ५ फागुन : नेकपा एमालेका पोलिटव्यूरो सदस्य बस्नेतले वर्तमान सरकारले प्रधानन्यायधिसलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशातर्फ लगेको आरोप लगाउनुभएको छ ।

 

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही सियारी गाउँपालिकाको प्रथम अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारले एमालेलाई वदनाम गर्न खोजेको बताउदै सरकारले नै एमसीसी सदनमा पेश गर्ने र प्रचण्ड ,माधव नेपालका पार्टीले एमसीसीका विरुद्ध सडकमा प्रर्दशन गरे जस्तो गरेर नक्कली राष्ट्रवाद देखाएको आरोप लगाउनुभयो ।

उहाँले आफ्ना पार्टीका नेताहरुको नाम लिन डराउने तर एमाले र केपी ओलीको नाम जोडेर सदनमा एमसीसी पेश गर्न लागेकोमा खेद प्रकट गर्दै वर्तमान गठबन्धन सरकार आफै धामी आफै बोक्सी बनेको आरोप लगाउनुभयो ।

बस्नेतले एमाले विकास प्रेमी,राष्ट्रप्रेमी पार्टी भएकोले अबको निर्वाचनमा पहिलो पार्टी बन्नेमा कसैले रोक्न नसक्ने बताउदै एमाले बिरुद्ध गरिएको षड्यन्त्र चिर्न एमाले सक्षम रहेको जिकिर गर्नुभयो ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल लुम्बिी प्रदेशका सचिव राजेन्द्र कडेँलले वर्तमान गठबन्धनको सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गरे पनि चुनाव गर्ने वा नगर्नेमा अन्यौलता छाएको बताउनुभयो ।

प्रतिक्रिया