ठूलो परिमाणको गाँजासहित ३ जना प क्रा उ

admin

काठमाडौं, ५ फागुन : उदयपुर प्र ह रीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई प क्रा उ गरेको छ ।

पक्रा उ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेका छन ।

बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्र ह री कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिनु भएको छ ।

को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्र ह रीले उनीहरुलाई फेला पारेको हो ।

प्रतीबन्धीत गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयम सवारी धनी रहेको बोहोराले बताउनुभयो ।

प्र क्रा उ परेका उनिहरुको साथ बाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाका साथै सामसुङ्ग कम्पनीको १ थान, रेडमी कम्पनीको २ थान र नोकिया कम्पनीको १ थान गरी ४ थान मोवायल समेत बरामद गरेको छ । गाडीसहित फेला परेका तीनै जना अभियुक्त विरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्र ह रीले जनाएको छ।

प्रतिक्रिया