सत्तागठबन्धनको बैठक सकिएलगत्तै ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

admin

काठमाडौं, ५ फागुन : प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

केहिबेर अघि सत्तागठबन्धनको बैठकमा सहभागी भएका देउवा बैठक सकिएलगत्तै ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमसिसी परियोजना टेबल गर्ने तयारी भएपनि गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्रको असहयोगपछि टेबल हुन पाएन ।

बिहीबार साँझको गठबन्धनको बैठकले पनि समस्या समाधान गर्न नसकेपछि सोही विषयमा छलफल गर्न देउवा ओलीसमक्ष गएको बुझिएको छ ।

प्रतिक्रिया