एमसीसी विरुद्ध भक्तपुरमा मसाल जुलुस

admin

काठमाडौं, ५ फागुन : अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा योङ्ग कम्युनिस्ट लिग, नेपाल(वाइसीएल,नेपाल) भक्तपुरले मसाल जुलुस गरेको छ ।

सयौं वाइसीएल कार्यकर्ताले भक्तपुरको सूर्यविनायक स्थित अरनिको राजमार्गमा मसाल जुलुस निकालेका हुन् ।

नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी पारित नगर्ने स्पस्ट अडान लिएपछि उसको सहायक संगठन वाइसीएलले एमसीसी बिरुद्ध सडक आन्दोलन तताएको हो ।

बुधवार बानेश्वरस्थित शान्तिपूर्ण संसद भवन घेराउको क्रममा केन्द्रीय अध्यक्ष सुमन देवकोटा नै घाइते भएपछि वाइसिएल आक्रामक बनेको छ ।

प्रह री दमनलाई चुनौती र एमसीसी पक्षधरलाई चेतावनी दिन बिहीवार साझ मसाल जुलुस गरिएको वाइसीएल नेता कृष्णमान बनमालाले बताए ।

शुक्रबार हुने बानेश्वर केन्द्रीत आन्दोलको तयारीको रुपमा समेत मसाल लुजुसलाई सम्पन्न गरिएको बताइएको छ ।

प्रतिक्रिया