राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही

admin

काठमाडौं, ६ फागुन : हाम्रो नेपाल हाम्रो नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

आज (शुक्रबार) शाहीसहित उक्त अभियानमा सहभागीहरु राप्रपामा सहभागि भएका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने गरेका छन् ।

गत फागुन ३ गतेको पदाधिकारी बैठकमा महामन्त्री धबल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गराउने प्रस्ताव गरेका थिए ।

शाहीलाई केही समयअघि देखि नै राजसंस्था सँग निकट रहेको आरोप लागे पनि उनले उक्त आरोपलाई खण्डन गर्दै आइरहेका थिए ।

तर केही दिन अघि एमसीसीविरुद्धको अभियानमा राप्रपा र शाहीको अभियान एक हुने बताइएको थियो । राप्रपाले शाहीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने बताइएको छ ।

प्रतिक्रिया