एमालेको नारावाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

admin

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको बैठक फागुन ८ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार संसद बैठक सुरु भए लगत्तै केहीबेरपछि स्थगित भएको हो ।

बैठकको प्रारम्भमा अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेका थिए । तर लगत्तै एमालेले संसदमा नारावाजी गर्न थालेका थिए ।

त्यसपछि सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री बडुले प्रतिवेदन पेस गरे लगत्तै संसद बैठक स्थगित भएको जानकारी दिँदै फागुन ८ गते दिउसो १ बजे बस्ने बस्ने जानकारी गराएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लामोसमय देखि संसद चल्न दिएको छैन ।

प्रतिक्रिया