एमसिसीका कारण “युद्धमैदान” बन्दै बानेश्वर क्षेत्र (भिडियो )

admin

काठमाडौं, ६ फागुन: यतिबेला नयाँ काठमाण्डौँको बानेश्वर क्षेत्र त ना व ग्रस्त बनेको छ। एमसिसीवि रु द्ध विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले वि रो ध प्रदर्शन गरेपछि त ना व ग्रस्त बनेको हो।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएर नाराबाजी गर्दै टायर बालेका छन्।

आन्दोलनलाई नियन्त्रणमा ल्याउन ठूलो संख्यामा प्र ह री परिचालन गरिएको छ। प्रहरीले निषेधित क्षेत्रभित्र प्रदर्शनकारीहरूलाई प्रवेश गर्न दिएको छैन।​

बानेश्वरमा उल्लेख्य संख्यामा प्र ह री खटाइएको छ । प्र द र्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ । गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।

प्रतिक्रिया