एमालेको अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

admin

काठमाडौं, ६ फागुन: प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गर्नुभएको थियो ।

त्यसअघि बैठक सुरुहुनेबितिकै एमालेका सांसदहरुले नारावाजी गर्दै रोष्टम घेराउ गरेका थिए । एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र सञ्चालन भएका बैठकमा पनि अवरोध कायम जनताका भावना आउन नसकेको भन्दै बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

सभामुखको आग्रहपछि पनि एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उहाँले कार्यसूचीलाई अगाडि बढाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ८ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया