अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन

admin

काठमाडौं, ६ फागुन: चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्।

आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए।

‘नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तरराष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्छ’, उनले भने, ‘तर यो शर्तरहित नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।’

प्रतिक्रिया