नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालबाट पदभार ग्रहण

admin

काठमाडौं, ६ फागुन: नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई पदभार ग्रहण गराएका हुन् ।


त्यसक्रममा अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरे । पुँजी बजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यावहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले बोर्ड र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया