काभ्रेमा एमसीसी विरुद्ध मसाल जुलुस

admin

काभ्रे, ६ फागुन: काभ्रेमा स्वतन्त्र समूहको मसाल जुलुस निकालिएको छ । केहिबेर अघि प्राधिकरण चोकबाट मसाल जुलुस निकालिएपछि प्र ह रीले मसाल बिचैमा खोसेको थियो ।

त्यसपछि उनीहरु एमसीसीको विपक्षमा चारदोबाटो आएर पुनः तीन दोबाटो पुगेर कोणसभा गरेका थिए ।

सानो समूहमा भेला भएका उनीहरुले आफुहरु स्वतन्त्र भएको बताएका छन् । कुनै पनि दलसँग आबद्ध नरहेको उनीहरुको भनाई छ । उनीहरुले एमसीसीको विपक्षीमा चर्को नारा लगाएका थिए ।

बनेपामा एमसीसीका विरुद्ध विभिन्न कार्यक्रमहरु भइरहेका छन् । आज ६ दलीय गठबन्धनले पनि विरोध कार्यक्रम गरेको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) काभ्रेको भ्रातृ संगठन युवा संघ नेपालले पनि एमसीसीका विरुद्ध हस्ताक्षर संकलन गरेको छ ।

प्रतिक्रिया