एनआरएनएन निर्वाचन: डा. बद्री केसी समूहको भेला आज

admin

काठमाडौं, ७ फागुन: गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसीले आज एक चुनावी सभाको आयोजना गर्ने भएका छन् ।

संघको निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरे लगत्तै केसीले निर्वाचन प्रकृयाका बारेमा जानकारी दिने उदेश्यले आज (शनिवार) भर्चुअल कार्यक्रम (ककस ८) को आयोजना गरेका हुन् ।

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रीय महाधिवेशन तथा निर्वाचन बारे भै रहेका प्रगतिबारे जानकारी दिने तथा सुझाव संकलन गर्ने उदेश्यले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली समयनुसार साँझ ८ बजे जुम मार्फत सुरु हुने कार्यक्रममा सहभागी हुने केसीले आग्रह गरेका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघको आगामी निर्वाचनको लागि प्रत्यासी उम्मेदवारहरुले आआफ्नो भनाइहरु राख्ने छन् ।

संघको निर्वाचन २१ र २२ मार्चमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ । संघको निर्वाचन समितिले पहिलो चरणको मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया