एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

admin

काठमाडौं, ७ फागुन: सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आह्वान गरेको छ। अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आह्वान गरेको जनाएको हो।

बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाइने नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने अडानमा छन्। यहीबीच पार्टीले उक्त विषयमा आधिकारिक धारणा तय गर्ने भएको छ।

महासचिव डा. वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिलगायत विषयमा समेत छलफल हुने बताएका छन्।

प्रतिक्रिया