भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईको मृत्यु

admin

काठमाडौं : भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईजनाको उपचारका क्रममा मृ त्यु भएको छ। मृ त्यु हुनेमा उदयपुरको कटारी-९ का ३५ वर्षीय सुरज तामाङ र गाईघाटका ४० वर्षीय गणेश मगर रहेका छन्।

दिव्यश्वरी प्लानिङ हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा रहेका तामाङलाई प्र ह रीले उपचारका लागि कोरियन अस्पताल भक्तपुर लगेको थियो। उनको उपचारको क्रममा मृ त्यु भएको महानगरीय प्र ह री परिसर भक्तपुरले जनाएको छ।

यस्तै‚ मगरलाई उनकी श्रीमतीले ट्वाइलेटमा बिहीवार राति सवा २ बजे अचेत अवस्थामा फेला परेकी थिइन्। त्यसलगत्तै प्र ह रीलाई खबर गरेपछि महानगरीय प्र ह री प्रभाग सानोठिमीको टोलीले मगरलाई कोरियन अस्पताल नै लगिएकोमा उपचारकै क्रममा मृ त्यु भएको परिसर प्रवक्ता राजु पाण्डेले जानकारी दिए।

घ ट नास्थलबारे महानगरीय प्र ह री वृत्त ठिमीको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेले बताए।

यस्तै, सूर्यविनायक नगरपालिका- ९ नँखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको श व फेला परेको प्र ह रीले जनाएको छ। गहुँगोरो, पाँच फिच उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्र ह रीले बताएको छ।

प्रतिक्रिया