पानीमुनिबाट निकालेर भए पनि गठबन्धनलाई ठेगान लगाइन्छ: ओली

admin

काठमाडौं, ७ फागुन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई तह लगाइछाड्ने उद्घोष गरेका छन् ।

सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पानीमुनि गए पनि गठबन्धनलाई नछाड्ने बताएका हुन् ।

‘जस्तै पानीमुनि गए पनि कहाँ बच्ला यो गठबन्धन । पानीमुनिबाट निकालेर भए पनि यसलाई ठेगान लगाइन्छ,’ ओलीले भने । अबको एक वर्षमा संसदीय चुनाव आउने र त्यसपछि गठबन्धनको भविष्य बाँकी नरहने उनले बताए ।

‘स्वार्थी गठबन्धन कहाँ बच्छ र ? अब त बढीमा एक वर्ष हो यिनका आयु । संसारभरका ज्योतिषीलाई एक ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छन्,’ ओलीले भने ।

गठबन्धनभित्रको झगडालाई संकेत गर्दै उनले भने, ‘पाँच जना कोठामा भेला भएर ङ्यारङ्यार ङुरङुर गरिरहेका छन् । बैठकबाट एउटा जुरुक्क हुन्छ र बालकोट जाउँ ? भन्छ ।

अर्कोले जाने भयो जाउ न त भन्छ । अर्कोले च्याप्प समाउँछ र बसाल्छ ।’ ओलीले आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै रोष प्रकट गरे ।

प्रतिक्रिया