ओली शक्तिशाली सिंह, प्रचण्ड चारमुखे: महेश बस्नेत

admin

भक्तपुर,  ७ फागुन:  नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चारमुखे भएको आरोप लगाएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको दाबि समेत गरे ।

बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भने सिंहको उपमा दिएका छन् । नेता बस्नेतले ओली बालकोटमा भए पनि बालुवाटारमा भए पनि राजनीति उनकै वरिपरि घुमिरहेको आशय व्यक्त गरे ।

उनले भने, ‘वास्तममा केपी ओली बालुवाटारमा भए पनि बालकोटमा भएपनि केपी ओली, केपी ओली नै हुन् । केपी ओली सिंह हुन्, सिंह, सिंहदरबारमा जाँदैन । सिंह जहाँ बस्यो, सिंहदरबार त्यही आउँछ भन्ने कुरा आज पुष्टि भएको छ ।’

 

प्रतिक्रिया