थप ३ सय ५० जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

admin

काठमाडौं, ७ फागुन: नेपालमा थप ३ सय ५० जनामा कारोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३८ पिसिआर परिक्षणका क्रममा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ७२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५० हजार ५६ जना निको भएका छन् ।

हाल नेपालमा १३ हजार ३ सय ५७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया