भोलिको संसद् बैठकको सम्भावित कार्यसूचीमा पनि एमसीसी अटाएन

admin

काठमाडौं, ७ फागुन: भोलि आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले भोलि आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ ।

तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ ।

सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन । सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनैपर्ने दबाबमा छ ।

प्रतिक्रिया