एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो, दर्जनौँ राउन्ड अश्रु ग्यास प्रहार (भिडियो )

admin

काठमाडौं, ८ फागुन: अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झ नै चर्किएको छ ।

आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।

प्र ह रीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गाेलीसमेत चलाएको छ ।

प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्र ह री घा इ ते भएका छन् ।

अहिले माइतीघर–तीनकुने क्षेत्रमा गाडी चलेका छैनन् । पटक–पटक प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् । प्र ह रीले दर्जनौँ राउन्ड अश्रु ग्यास र पानीका फोहरा प्रहार गरेको छ ।

प्रतिक्रिया