पोखरामा भारी आसिना पानी, सडक नै अवरुद्ध

admin

काठमाडौं, ८ फागुन: आइतबार दिउँसो पोखरामा असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण पोखरामा असिना पानी परेको हो । पोखरा नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र हो ।

बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको छ र सवारी साधन गुडाउन पनि समस्या भएको छ ।

असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आइतबार बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।

प्रतिक्रिया