एमसीसीमा कांग्रेसले डबल स्ट्यान्डर्ड राख्दैन: महामन्त्री गगनकुमार थापा

admin

काठमाडौं, ८ फागुन:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका बिषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिनुभएको हो ।

उहाले संसद्मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्‍ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले एमसीसीका बिषयमा देव गुरुङ र झलनाथ खनालले बिरोध गर्नुको कुनै अर्थ नरहेको पनि बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसी पेश गर्ने बेला सदनमा सहभागी हुनु सकरात्मक भएको उहाको भनाई छ ।

त्यस्तै एमाले नेता भीम रावलले सहमति नगरि राष्ट्रहित बिपरितको एमसीसीलाई अघि बढाउनु नेपालको स्वाधिनतामाथिको बज्रपात भएको टिप्पणी गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमार झाँक्रीले उहाले सदनमा एमसीसीका बिषयका आवश्यक संशोधन हुनसक्ने बताउनुभयो ।

सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभयो । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाउनुभएको थियो ।

प्रतिक्रिया