एमसिसी पास गर्ने कुरामा सहमति छैन : माधव नेपाल

admin

काठमाडौं, ८ फागुन: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताएका छन्।

उनले सरकार अब जे पनि हुनसक्ने संकेत गरे। ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन। अब सरकार जे हुन्छ हुन्छ,’ उनले भने।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरुको बिरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता प्रतिनिधिसभामा पेश गरेका छन्।

प्रतिक्रिया