सदनमा एसमीसी टेबल भए पश्चात रणमैदानमा परिणत बानेश्वर; प्रदर्शनले उग्र-रुप लिँदै [फोटोफिचर]

admin

काठमाडौं, ८ फागुन: सरकारले एमसीसी सदनमा टेबल गरेसंगै काठमाडौंमा भएको बिरोध प्रदर्शनले उग्ररुप लिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमसीसीका बिरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीका साथै दर्जनौ सेट अश्रुग्यास प्र हा र गरेको थियो ।

त्यस्तै प्रदर्शनका क्रममा दुई पक्षका केहि घाइते भएका छन् भने दर्जनौ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया