एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

admin

काठमाडौं, ९ फागुन: नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’

एमसीसीकै कारण गठबन्धनको सम्बन्धमा भने भविष्यमा जे हुन्छ त्यहीँ निर्णय गरिने उनले बताए । उनले भने, ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ ।’

प्रतिक्रिया