भागरथी ह त्या प्रकरण : दिनेश भट्ट दोषी ठहर, साढे १२ वर्ष कैद सजाय

admin

काठमाडौं, ९ फागुन:  बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालत बैतडीले ब ला त्कारपछि ह त्याको डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपित दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्र ह री र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् । जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

गत २१ माघमा विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन्।

भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँ टी निमोठिएको थियो ।

प्रतिक्रिया