काठमाडौं, ९ फागुन: करिब एक किलो सुनसहित बंगलादेशी नागरिकलाई प्र ह रीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प क्रा उ गरेको छ।
सोमबार विमानस्थलमा चेकजाँचका क्रममा उनलाई प क्रा उ गरेको हो। दुबईबाट नेपाल आएका ती नागरिकको अन्डरवेयरमा सुन भेटिएको विमानस्थल सुरक्षा प्र ह री कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।
उनकाे साथबाट ९३६ ग्राम सुन बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे ढकालले बताए। हिमालय एयरलाइन्सको उडान नम्बर एच ९५६६ बाट मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिएका थिए।
सोधपुछका क्रममा उनले भारतीय नागरिक पारसनाथ शाहको नाम खुलाएपछि उनलाई पनि प क्रा उ गरेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौरचमा बुझाइएको प्रहरीले जनाएकाे छ।