ट्राफिक प्रहरीले संचालनमा ल्यायो “अन द स्पट” नक्कली लाइसेन्स चेकजाँच गर्ने एप

admin

काठमाडौं, ९ फागुन: ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत अन द स्पट नक्कली लाइसेन्स चेकजाँच गर्ने व्यवस्था सुरु गरेको छ।

सोमबार एक कार्यक्रमबीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा महानिर्देशक घिमिरेले एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सक्ने बताए।

प्रतिक्रिया