भक्तपुरबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

admin

काठमाडौं, १० फागुन:  भक्तपुरबाट एक जना चिनियाँ नागरिकसहित ८० जना प क्रा उ परेका छन् । प क्राउ पर्नेमा ४७ जना महिला र ३३ जना पुरुष रहेका महानगरीय प्र ह री परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो ।

एक चिनियाँ नागरिकले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध क्रियाकलाप सञ्चालन गरिरहेको सूचनाका आधारमा सानो ठिमीको एक घरमा छापा मारेर उनीहरूलाई प क्रा उ गरेको पाण्डेले बताउनुभयो ।

कल सेन्टरमार्फत भारतीय मूलका युवायुवतीलाई ऋण लगानी गर्ने र समयभित्र उठाउन कल सेन्टरमार्फत धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया