मोदीसँग टेलिभिजन बहस गर्न इच्छुक छु : पाकिस्तानी प्रधानमन्त्री

admin

काठमाडौं, ११ फागुन: पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजनमा बहस गर्न इच्छुक रहेको बताएका छन् ।

मंगलबार रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)सँगको कुराकानीमा प्रधानमन्त्री खानले यस्तो बताएका हुन् ।

अर्बौँ मानिसको भलोका लागि आफूले मोदीसँग बहस गर्न चाहेको तर भारतको तर्फबाट सकारात्मक प्रतिक्रिया नआएको उनको दाबी छ । आफूले सत्तामा आएपछि पहिलोपटक भारतसँग मित्रताको हात बढाउँदै कस्मिर मुद्दामा कुरा गर्न चाहेको उनले बताए ।

तर, आफूले धेरै पहल गर्दा पनि भारतको तर्फबाट सकारात्मक प्रतिक्रिया नआएको प्रधानमन्त्री खानले बताए । भारतले नाजीबाट प्रेरित भएर नश्लवादी विचारधारा अपनाएको उनको आरोप छ ।

प्रतिक्रिया