काठमाडौं, ११ फागुन: मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ००३ पुगेको छ । सोही अवधिमा १ लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमितहरुका रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।