चुनाव अधि लालपुर्जा नदिए सुकुम्बासीले भोट नहाल्ने

admin

काठमाडौं, ११ फागुन: सुकुम्बासीहरुले आगामी निर्वाचनमा निर्बाचनमा लालपुर्जा नपाए भोट नहाल्ने सम्मको रणनीति बनाएका छन् ।

पटक पटक लालपुर्जाको आसमा उदारोमा भोट हाल्दै आएका सुकुम्बासीहरुले यो पटक भोट नहाल्ने भएका हुन् । हरेक निर्बाचनमा आश्वासनको भरमा रहेका सुकुम्बासीहरु यो पटक भने देसै भर उदारोमा भोट नहाल्ने योजना अनुसार “नो लालपुर्जा नो भोट“को अभियानमा सकृय भएका हुन् ।

सुकुम्बासीहरुको साझा संगठन नेपाल बसोबास बस्ती संरक्षण समाजले आज मोरङको सुन्दहरैँचा नगरपालिकालाई ¥याली सहित ५ बुंदे ध्यानाकर्षण पत्र बुजाएको छ ।

नगर भित्रका सुकुम्बासीहरुले नगर प्रमुख शिव ढकाललाई गेट बाहिर सडकमै बोलाएर समाजका केन्द्रिय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बि.क.ले ध्यानाकर्षण पत्र बुझाएका हुन।

पत्र बुझ्दै मेयर ढकालले आउने निर्वाचन अघिनै लालपुर्जा दिने तयारी रहेकाले ढुक्क हुन आग्रह गरेका हुन् । जवाफमा उपस्थित सुकुम्बासीहरुले पहिला जस्तो उदारोमा भोट माग्न नआउनु भन्दै हाम्रो मतको दुरुपयोग गर्ने जो कोहि पनि अपराधी हुन भनेका थिए ।

चर्को नारा सहित गेटमा पुगेका सुकुम्बासीले लालपुर्जा प्राप्ति का लागि अन्तिम लडाइ लड्ने उद्घोष गरे ।

सुन्दरहरैँचालाई लालपुर्जा दिएर सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्नु पर्ने आयोगको लामो बाटो लाई छोडेर स्थानीय तहको सिफारिसमा जिल्ला नापी कार्यलय बाट जग्गा नाप्ने र मालपोत कार्यलय बाट सिदा फास्ट ट्र्याकमा लालपुर्जा दिने,सुकुम्बासीका नाममा अब भ्रमको राजनीति नगर्ने लगायतका माग राखी ध्यानाकर्षण गराइएको थियो।

प्रतिक्रिया