ए डिभिजन फुटबल क्लवलाई महानगरको १०/१० लाख रुपैयाँ सहयोग

admin

काठमाडौं, ११ फागुन: काठमाडौं महनगरपालिकाले काठमाडौंका ए डिभिजन क्लवलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

पछिल्लो दुई बर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लवलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । जसलाई निरन्तरता दिँदै काठमाडौंका पाँच क्लवलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

महानगरले संकटा क्लव, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, न्युरोड टिम एनआरटी र मच्छिन्द्र क्लवलाई रकम हस्तान्तरण गरेको हो ।

अघिल्लो सिजनमा काठमाडौंमा रहेका ६ क्लवलाई महानगरपालिकाले रकम दिएको थियो । तर सरस्वती क्लव बी डिभिजनमा झरेपछि यो पटक पाँच क्लवले सो रकम पाएका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि महानगरले सहयोग गरेको बताउनुभयो ।

त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लवहरुको खर्च बढ्दै गएको र लिग महङ्गो हुदै गएको अवस्थामा महानगरको योगदानले क्लवहरुलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले नेपालको फिफा बरियतामा सुधार हुँदै गएको भन्दै आगामी दिनमा यसलाई सुधार गर्न प्रयास गर्ने धारणा राख्नुभयो ।

महानगरले चाँडै बी र सी डिभिजनका क्लवलाई पनि सहयोग गर्ने भएको छ । अहिले यसका लागि कागजी प्रक्रिया अगाडी बढाइएको महानगरले जनाएको छ

। जसमा बी डिभिजनका क्लवलाई पाँच लाख र सी डिभिजनकालाई दुई लाख रुपैयाँ दिने महानगरले जनाएको छ ।

प्रतिक्रिया