गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

admin

काठमाडौं, ११ फागुन:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताउनुभएको हो ।

त्यस्तै उहाले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाले बुधबार बिहान प्रधानमन्त्रीसंग नभई गृहमन्त्रीसंग भेटवार्ता भएको जानकारी दिनुभयो ।

संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसंग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया