चर्चामा एमसीसी : बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

admin

काठमाडौं, १२ फागुन: अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । सो क्रममा एमसीसीलाई यथावस्थामा पारित गर्न नहुनेमा एकमत रहेको समाजवादीका नेता झलनाथ खनालले बताउनुभयो ।

उहाले संशोधनबिना एमसीसी स्वीकार्य नहुने र यसमा माओवादी र समाजवादीको एकै धारणा रहेको जिकिर गर्नुभयो ।

त्यस्तै माओवादी नेता देव गुरुङले अहिलेको अवस्थामा एमसीसीका बारेमा सदनमा छलफल गर्ने अवस्था नरहेको बताउनुभयो ।

सदन अवरुद्ध भएकाले छलफल गर्न चूनौति देखिएकाले सदनलाई सूचारु गर्ने वातावरण बनाएर नै छलफल गर्नुपर्ने उहाको भनाई छ ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । जसपाभित्र पनि एमसीसीका बारेमा मतभेद छ ।

प्रतिक्रिया