नेपालले गर्‍यो युक्रेनमाथि रुसी आक्रमणको विरोध

admin

नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको छ ।


‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

साथै, विज्ञप्तिमा नेपाल सरकार संयुक्त राष्ट्र संघको महासन्धिविपरीत युक्रेनको दोनेत्स्क र लुहाँस्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको बताएको छ ।

प्रतिक्रिया