एमसिसीबिरुद्ध प्रदर्शनका क्रममा एक गम्भीर घाइते

admin

काठमाडौं, १२ फागुन:  अमेरिकी सहयोग परियोजना एमसिसीबिरुद्ध बुधबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा एक सर्वसाधारण गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शन हेरिरहेका उनी अश्रुग्यासको सेल लागेर गम्भीर घाइते भएका हुन्। उनलाई टाउकोमा चो ट लागेको छ।

उनलाई प्र ह रीले उपचारका लागि तत्काल राजधानीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्‍याएको थियो।

एभरेस्टमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।

प्रतिक्रिया