थप ३१८ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृ त्यु

admin

काठमाडौं, १२ फागुन: मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५१ जना र २ हजार २३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ । सोही अवधिमा १ लाख १५ हजार ४०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ९ हजार ६७८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५६२ जना को रो ना मुक्त भए, १ संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ५२ हजार ७७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।

 

प्रतिक्रिया