सत्ता गठबन्धन अघि जाँदैन, धरापमा परिसक्यो : गगन थापा

admin

काठमाडौं, १२ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन धरापमा परिसकेको बताएका छन्। बिहीबार कांग्रेस र एमालेको नेताहरुबीचको छलफलपछि थापाले एमसीसीको कारण गठबन्धनमा समस्या आएको बताए।

‘एमसीसीको सन्दर्भमा गठबन्धन पार लाग्दैन भन्ने कुराको निष्कर्ष निस्किसक्यो। यसमा थप छलफल गरिराख्नु जरुरी नै भएन’, उनले अगाडि भने, ‘यसमा गठबन्धनको दलहरु एक ठाउँमा उभिन नसक्ने भनिसकेपछि बाँकी रहेको विषयमा उभिन्छौँ, यो विषयलाई हामी अहिले अनदेखा गरेर जाऔँ भन्ने अवस्था त रहँदैरहँदैन। यो गठबन्धन अगाडि जाने कुरामा समस्या आयो अब। आइ नै सक्यो। धरापमा परिसक्यो।’

बैठकमा प्रधानमन्त्री देउवाले यो बेलामा नेपाली कांग्रेसलाई अहिलेको सरकार, भोलिको सरकार, आजको दिनमा के हुन्छ, भोलिको दिनमा के हुन्छ भन्ने अंकगणितसँग कुनै पनि सरोकार नभएको बताएका थिए। उनले एमसीसी नेपालको अन्तरार्ष्ट्रिय सम्बन्धको विश्वसनीयताको कुरा भएको बताएका थिए।

देउवाले ओलीलाई उनले नै गरेको निर्णयलाई आफूले निर्णयार्थ प्रस्तुत गरेको भन्दै सहयोगको अपेक्षा गरेका थिए। ‘हामी प्रतिपक्षमा रहँदा पनि पक्षमा उभिएको हो। हामी तपाईंको त्यही भूमिकाको अपेक्षा गर्छौँ। त्यो भूमिका निर्वाह गर्नका निम्ति सदन चल्नुपर्योा।

सदनको अवरोधलाई खोल्नका लागि छलफल र कुराकानी गरौँ। सदनको अवरोध पनि खोलौँ। सदनभित्र आऔँ। मतदानमा लैजाऔँ।

एक ठाउँमा उभिऔँ भन्ने कुरा हामीले राखेका हौँ’, थापाले भने। देउवा र ओलीबीच आजै बेलुका ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेट हुने तय भएको थापाको भनाइ छ।

प्रतिक्रिया