आफ्नै पार्टीका मोर्चा संगठनले मागे मन्त्री रामकुमारी झाँक्रीको राजीनामा

admin

काठमाडौं, १३ फागुन: पार्टीको निर्णयविपरीत एमसीसीका पक्षमा बोलेको भन्दै नेकपा एकीकृत समजावादी सम्बद्ध मोर्चा संगठनहरुले पार्टीका सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीमानामा मागेका छन्।

बुधबार काठमाडौंमा सम्पन्न मोर्चा संगठनहरूको संयुक्त बैठकले मन्त्री झाँक्रीको राजीनामा माग्ने निर्णय गरेको हो।

नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमै एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। तर मन्त्री झाँक्रीले यसविपरीत एमसीसीका पक्षमा धारणा राखिरहेकी छन्।

पार्टीका उपमहासचिव तथा मोर्चा संगठनहरूका प्रमुख विजय पौडेलको अध्यक्षतामा भएको बैठकले पार्टीको निर्णयविपरीत बोल्ने छुट कसैलाई नभएको भन्दै मन्त्री झाँक्रीले राजीनामा दिनुपर्ने ठहर गरेको हो।

मन्त्री झाँक्रीले एमसीसीका सवालमा पार्टीले दोहोरो चरित्र देखाएको भन्दै सरकार र सडकमध्ये एउटा रोज्नुपर्ने बताइरहेकी छन्।

प्रतिक्रिया