एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै बानेश्वर प्रदर्शन

admin

काठमाडौं, १३ फागुन: विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध शुक्रबार पनि प्रर्दशन गरेका छन् ।

एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै उनीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। यसअघिको तुलनामा शुक्रबार बानेश्वरमा झडपको अवस्था भने आएन । यद्दपी प्रदर्शनका कारण केहिबेर सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्य नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ। अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन्।

प्रतिक्रिया