भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक : एमसीसीबारे छलफल हुने

admin

काठमाडौं, १४ फागुन: प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधिसभा सचिवालयले आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

आइतबार प्रतिनिधिसभाको बैठक बस्नुअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । भोली बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नेछन् ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी) माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ । यता प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी पास गर्ने रणनीतिमा लागेका छन् ।

 

प्रतिक्रिया