रूसी आ क्र मणबाट ३ बालबालिकासहित १९८ जना युक्रेनियनको मृ त्यु

admin

युक्रेन सरकारले रूसको आ क्र म णमा हालसम्म १९८ युक्रेनी नागरिक मा रि एको जनाएको छ । जसमा तीन बालबालिका रहेका छन् ।

युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले फेसबुक पोस्टमा आ क्र मणमा परेर हालसम्म १११५ जना घा इ ते भएको बताएका छन् । घा इ ते हुनेमा ३३ जना बालबालिका रहेका छन् ।

यसअघि युक्रेनी सेनाले आ क्र म ण मा ३ हजार ५ सय रुसी सैनिक मा रि ए को र २०० जनालाई बन्दी बनाएको दाबी गरेको थियो ।

सेनाले आफ्नो फेसबुक पेजमा रूसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्यांकर गुमाएको जनाएको छ । रूसले अहिलेसम्म त्यस्तो कुनै क्ष तिको जानकारी नदिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया