पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

admin

तनहुँ : एक १७ वर्षीया गायिकालाई ब ला त्का र गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।

अभिनेता शाहले आज आइतवार जिल्ला प्र ह री कार्यालय तनहुँमा आ त्मस म र्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्र ह री कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्र ह री कार्यालय तनहुँमा आ त्म स र्प ण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।

जिल्ला प्र ह री कार्यालय तनहुँमा गएकाे फागुन ११ गते उजुरी दर्ता भएपछि फरार रहेका भनिएका नायक शाहले आज बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमा देखिएको समस्याका र केही घरायसी व्यवहार मिलाउनुपर्ने भएकाले प्र ह रीमा उपस्थित हुन नसके उल्लेख गरेका थिए ।

प्र ह री सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्र ह री कार्यालय तनहुँका प्रवक्ता एवम् प्र ह री नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे ।

प्रतिक्रिया