नेपाल कानुन व्यवसायी संस्थाले बार एशोसिएशनको आगामी चुनावमा भाग लिने

admin

काठमाडौं, १५ फागुन: नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निश्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा अकण्टक कृयाशिल रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो ।

वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईले जनतामा निहित रहने मान्यता, सदाचार शुशासन जस्ता विषयहरुलाई शशक्त बनाउने, शशक्त ढंगले स्थापित गर्ने गराउने विधिको शासनको मान्यतालाई जीवन्त राख्न र उत्पन्न भएका आशंकाहरुलाई सम्बोधन न्याय क्षेत्रले गर्न पनि बताए ।

उनले भने,‘कानुन व्यवसायी संघ–संस्था–संगठन–व्यक्तित्व समेतको सक्रियताका बारेमा आशंकाहरुलाई सम्बोधन गर्नु न्याय क्षेत्रमा सम्लग्न सबै शक्तिहरुको दायित्व हो र हाम्रो मान्यता पनि रहेको छ ।’

उनले जनताले न्याय पाउन नसकेको भन्दै न्यायाधीशहरु नै असफलताको बाटोमा बढेको टिप्पणी गरे । भट्टराईले भने,‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको मुद्दाले गर्दा नेपाली जनताले न्याय पाएनन् । न्यायाधीशहरुले सरकारको तवब खाएर जनताको काम गरेनन्, न्याय प्रणालीको नेतृत्व गरिरहेका शक्तिहरुको असफलता होइन् औकात देखाएका हुन् ।’

एमसीसीको सवालमा नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै भट्टराईले संसदभित्र एमसीसीको समर्थन गर्ने र बाहिर आएर प्रहरीलाई ढुंगा हान्न आफ्ना कार्यकर्ता लगाउनेहरुले नै नेपालको संविधान बनाएको सुनाए ।

उनले न्यायालयमा पटक–पटक महाभियोगहरु राजनीतिक शक्तिहरुले लगाएको सुनाए । उनले भने,‘यो भन्दा पहिला श्ुसिला कार्कीमाथि लगाइएको थियो ।’ वर्तमान सरकार ०७८ सालको असारमा सर्वोच्चको परमादेशले बनेको भन्दै प्रधानन्यायाधीशले भाग खोज्दा महाभियोग लगाइएको उनले धारणा राखे ।

संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता राजु बस्नेतले मुलुक अत्यन्तै गम्भिर संकटमा गुज्रिरहेको बताए । न्यायपालिका, कार्यपालिकाहरु नै राजनीतिक भागवण्डामा लिप्त रहेको उनले आरोप लगाए ।

नेपालको बारको मुख्य उद्देश्य भनेको संविधानको रक्षा गर्दै वकिलहरुलाई सहि बाटोमा ल्याउने भएको बताए । अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती भन्दै उनले सारा जनता त्यसको विरुद्ध उत्रिदा पनि सरकारले जबरजस्ती पास गर्न लागेको सुनाए । एमसीसी पारित गरेमा अमेरिकाको कानुन नेपालले मान्न पर्ने उनले धारणा राखे ।

एमसीसी अनुदान सडक र विद्युतमा लगानी गर्ने भएपनि ती सबै संरचना अमेरिकाको मातहतमा हुने उनले बताए । एमसीसी बिराआईको विरुद्धमा आएको उनको भनाई थियो । उनले भने,त्रएमसीसीमार्फत अमेरिकाले नेपाललाई विदेशीको क्रिडास्थल बनाउन खोजिरहेको छ ।

कांग्रेस त जुनसुकै हालतमा पनि पास गर्न लागेको बताउँदै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले सकल्प प्रस्ताव गरेर पास गर्न लागेको उनले सुनाए ।

नेपाल बारले पार्टी र संगठनको आधारमा काम गर्दा वकिलहरुको हकहितको काम गर्नमा असफल भएको उनले आरोप लगाए । उनले आफुहरुको संस्था मुलधार खडा गरेर निर्वाचनमा जाने बताए । आफुहरु चुनाव जितेर बारलाई सहि ट्रयाकमा ल्याउने उनले जिकिर गरे ।

अधिवक्ता उद्यव चन्द्र घिमिरेले अहिलेको परिस्थिती कार्यपालिकामाथि राजनीति हस्तक्षेप र राजनीतिमाथि न्यायापालिकाको हस्तक्षेप भइरहेको बताए । कानुन व्यवसायीहरु वकिलको हकहितमा काम गर्नु भन्दा बढी राजनीतिक दलको समर्थनमा काम गरिरहेको उनले आरोप लगाए । आफ्नो संस्थाको छुट्टै टिम खडा गरेर न्यायापालिका लाई स्वच्छ सक्षम बनाउन चुनावमा उत्रने जानकारी दिए ।

अधिवक्ता ठाकुर प्रसाद आचार्यले नेपाल बारको आसन्न चुनावलाई लिएर आजको कार्यक्रमको आयोजना गरिएको बताए । नेपाल बारको भुमिका, न्यायपालिका र कार्यपालिकालाई छुट्याउन गाह्रो परेको उनको भनाई थियो ।

आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै आगामी चुनावमा उम्मेदवार उठाउने जानकारी दिँदै उनले जसरी पनि ती उम्मेदवारलाई जिताउन आफु प्रतिवद्ध रहेको सुनाए । मतदाताहरुले विषम परिस्थितिलाई मध्यनजर गर्दै उम्मेदवार छान्न उनले सुझाव दिए ।

आफ्नो संस्थाले नेतृत्व पाएमा बारलाई राजनीतिबाट टाढा बनाउने पनि उनले जिकिर गरे । आम जनतामाझ न्यायालयको काम कर्तव्यको बारेमा छल्र्लग पार्न पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया